२०८१ को तिजमा आउनेछ सुदर्शनको ‘रावायण’

चैत्र ११,२०८०

-आस्था न्यूज

चैत ११, २०८० काठमाडौं । 
फागु पूर्णिमाको शुभकामनासहित सुदर्शन थापाको फिल्म ‘रावायण’को प्रदर्शन घोषणा गरेको छ । यो फिल्म २०८१ भाद्र २१ गते तिजको दिन रिलिज हुनेछ ।
 
सुदर्शन थापा प्रोडक्शन र पुजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा बन्ने फिल्म सुदर्शन थापा र पुजा शर्मा मिलेर निर्माण गर्न लागेका हुन् ।
 
फिल्मका मुख्य कलाकारहरुमा पल शाह, पुजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकालको अभिनय रहनेछ ।
 
निर्देशक थाापका अनुसार फिल्म चैतका तेस्रो साताबाट छायांकनका लागि फ्लोरमा जानेछ ।
 
फिल्ममा शिवम अधिकारीको लेखन, सौरभ लामाको छायांकन, विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफÞी, श्री श्रेष्ठको एक्सन हुनेछ । फिल्मको संगीतको सम्पूर्ण काम मुम्बईमा गरिएको छ ।