श्रीलंकाविरुद्धको पहिलो टेस्टमा बंगलादेश दबाबमा

चैत्र ११,२०८०

-आस्था न्यूज

चैत ११, २०८० काठमाडौं ।
श्रीलंकाविरुद्धको पहिलो टेस्ट क्रिकेटमा विशाल लक्ष्य पछ्याएको घरेलु टोली बंगलादेश दबाबमा छ । श्रीलंकाले बंगलादेशलाई ५११ रनको लक्ष्य दिएको थियो । 
 
तेस्रो दिनको खेल सकिँदा बंगलादेशले ५ विकेट गुमाएर जम्मा ४७ रन बनाएको छ । बंगलादेश अझै ४६४ रनले पछाडि छ भने उसका ५ विकेट बाँकी छन् । क्रिजमा मोमिनुल हक र तेजुल इस्लाम छन् । 
 
दोस्रो पारिमा मोहमदुल्लाह हसन, लिटन दास र सहदात हुसनेले खाता खोल्न सकेनन् भने जाकिर हसनले १९ तथा कप्तान नजमुल होसेन सान्तोले ६ रन जोडेर पभेलियनको यात्रा तय गरे । 
क्रिजमा अहिले मोमिनल ७ तथा तेजुल इस्लाम ६ रन बनाएर रहेका छन् । यी दुई खेलाडीले सोमबार चौथो दिनको खेल सुरु गर्ने छन् ।
 
श्रीलंकाका विश्व फर्नान्डोले ३ विकेट लिँदा कसुन रञ्जिथा र लाहेरु कुमाराले एक एक विकेट लिए ।
 
पहिलो पारिमा २०८ रन बनाएको श्रीलंकाले दोस्रो पारिमा ४१८ रन बनाएर अल आउट भयो । बंगलादेशले भने पहिलो पारिमा जम्मा १८८ रन बनाएको थियो ।
 
टस हारेर पहिला ब्याटिङ गरेको श्रीलंकाले पहिलो पारिमा २८० रन बनाएको थियो । श्रीलंकाका कप्तान धनञ्जय डी सिल्भा र कामेन्दु मेन्डिसले शतकीय पारि खेल्दै टिमको स्कोर २८० रन पुगाउन महत्वपूर्ण योगदान गरेका थिए ।
 
पहिलो पारिमा अन्य श्रीलंकन ब्याटर चल्न सकेनन् । बंगलादेशका खलिद अहमद र नहिद रानाले तीन तीन विकेट लिएका थिए ।
 
बंगलादेशको पहिलो पारि उल्लेख्य भएन । पहिलो पारिमा तेजुल इस्लामलले सर्वाधिक ४७ रन बनाउँदा लिटन दासले दोस्रो धेरै रनको हिसावले २५ रन बनाए । यसैगरी खलिद अहमदले २२ रन बनाएका थिए ।
 
श्रीलंकाका विश्व फर्नान्डोले चार विकेट लिँदा कसुन रञ्जिता र लहेरु कुमाराले तीन तीन विकेट हात पारेका थिए ।
 
पहिलो पारिमा श्रीलंकाले ९२ रनको अग्रता लिएको थियो । त्यसपछि दोस्रो पारि ब्याटिङ गरेको श्रीलंकन टोलीले ४१८ रन बनायो । श्रीलंकाका कप्तान धनञ्जय डी सिल्भा र कामेन्दु मेन्डिसले नै दोस्रो पारिमा पनि शतकीय योगदान गरे । सिल्भा र मेन्डिस सन् २०१४ पछि एकै टेस्टको लगातार दुई पारिमा शतक प्रहार गर्ने खेलाडी बनेका छन् । सन् २०१४ मा भारतीय क्रिकेटर विराट कोहलीले पहिलो र दोस्रो पारिमा शतक प्रहार गरेका थिए । यसैगरी दिमुथ करुणारत्नेले अर्धशतक बनाए ।
 
कामेन्दूले १६४ रनको पारि खेल्दा सिल्भाले १०८ रन जोडे । यस्तै, करुणारत्नेले ५२ रन जोडेका थिए ।
 
बंगलादेशका मेहदी हसनले ४ विकेट लिँदा नहिद राना र तेजुल इस्लामले दोस्रो पारिमा दुई दुई विकेट लिए ।
 
पहिलो पारिमा ९२ रनको अग्रता बनाएको श्रीलंकाले दोस्रो पारिमा ४१८ रन बनाएपछि बंगलादेशलाई ५११ रनको लक्ष्य दिएको छ ।