अभ्यास खेलअन्तर्गत आज आयरल्यान्ड ए र नेपालबीच पहिलो खेल

चैत्र १२,२०८०

-आस्था न्यूज

चैत १२, २०८० काठमाडौं ।
दुई टी-२० अभ्यास खेलअन्तर्गत आज आयरल्यान्ड ए र नेपालबीच पहिलो खेल हुदैँछ । 
 
खेल टी–यु क्रिकेट मैदानमा दिउँसो १ बजे सुरु हुनेछ । नेपालले दोस्रो खेल भने मंगलबार खेल्दैछ । 
 
टी–२० आई र टी–२० मान्यता नपाएको हुँदा यो अभ्यास खेल मात्रै हुनेछ । नेपाल ए र आयरल्यान्ड ए बीच भने समान तीन टी–२० र एकदिवसीय अभ्यास खेल हुनेछन् ।