राष्ट्रिय सभाको महत्व स्थापित गर्न आफू लागि पर्ने अध्यक्ष दाहालको भनाई

चैत्र १२,२०८०

-आस्था न्यूज

चैत १२, २०८० काठमाडौं ।
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभाको महत्व स्थापित गर्न आफू लागि पर्ने बताएका छन् । आज चितवनमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष दाहालले राष्ट्रियसभाको महत्व धेरैले बुझ्न नसकेको भन्दै त्यसको महत्व स्थापित गर्न लागिपर्ने बताएका हुन् ।
 
तीनै तहका सरकारलाई जोड्ने काम राष्ट्रियसभाको भएको भन्दै उनले स्थानीय तह र प्रदेशसभाको सेतुको रुपमा राष्ट्रियसभाले काम गर्ने उल्लेख गरे । प्रदेश र स्थानीय तहका भावना, समस्या, जटिलता र सम्भावना राष्ट्रियसभामा विषयवस्तु बनाएर छलफल सुरु गरिसकिएको अध्यक्ष दाहालले बताए ।