विनिमय दरः अमेरिकी डलरको मूल्य स्थिर, बढ्यो यूरो

चैत्र १३,२०८०

-आस्था न्यूज

चैत १३, २०८० काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। जस अनुसार अमेरिकी डलरको मूल्य यथावत रहँदा अरु धेरै विदेशी मुद्राको मूल्य घटवढ भएको नेपाल राष्ट्र बैंकले जनाएको छ। 
 
आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ १९ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७९ पैसा निर्धारण भएको छ। हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो। विगत तीन दिनदेखि अमेरिकी डलरको मूल्य घटबढ भएको छैन। 
 
त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ १४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७९ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४३ रुपैयाँ ९४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५९ पैसा थियो। 
 
आज बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ २२ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९८ पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ ८६ पैसा र बिक्रीदर १६८ रुपैयाँ ६२ पैसा थियो।
 
त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ०३ पैसा र बिक्रीदर ८७ रुपैयाँ ४३ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ८७ रुपैयाँ १६ पैसा थियो।