आईपीएल: कोहलीको अर्धशतकमा बेंगलुरुले पन्जाबलाई ४ विकेटले हरायो

चैत्र १३,२०८०

-आस्था न्यूज

चैत १३, २०८० काठमाडौं ।
भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बेंग्लोरले  पन्जाबविरुद्ध ४ विकेटको जित निकालेको छ । 
 
बेंगलुरुको एम चेन्नास्वामीमा पन्जाबले दिएको एक सय ७७ रनको लक्ष्य बैंग्लोरले ४ बल बांकी छँदै ६ वकेट गुमाएर पुरा गर्यो । 
 
बैंग्लोरका लागि विराट कोहलीले सर्वाधिक ७७ रनको पारी खेले । त्यस्तै,  दिनेश कार्तिकले २८ र महिपाल लोम्रोर १७ रनमा अविजित रहे । 
 
पन्जाबका लागि हरप्रित ब्रार र काशिगो राबाडाले दुई÷दुई तथा  हर्ष पटेल र साम कुरानले एक÷एक विकेट लिए ।
 
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनाएको थियो ।
 
पन्जाबका लागि कप्तान शिखर धवनले ३७ बलमा ५ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ४५ रन बनाए ।
 
प्रभ सिमरन सिंहले १७ बलमा २ चौका र २ छक्काको सहयोगमा २५ रन बनाए । 
 
जितेश शर्माले २० बलमा १ चौका र २ छक्काको सहयोगमा २७ रन बनाए । शंशाक सिंहले ८ बलमा १ चौका र २ छक्काको सहयोगमा अविजित २१ रन बनाए । साम करनले १७बलमा ३ चौकाको सहयोगमा २३ रन बनाए ।
 
बेंग्लोरका लागि ग्लेन म्याक्सबेल र मोहम्मद सिराजले समान दुई÷दुई तथा अल्जारी जोसेप र यस दयालले समान एक÷एक विकेट लिए ।