टी-२० अभ्यास खेलअन्तर्गत नेपाल र आयरल्यान्ड ‘ए’बीचको अन्तिम खेल आज

चैत्र १३,२०८०

-आस्था न्यूज

चैत १३, २०८० काठमाडौं ।
नेपाले आज टी-२० अभ्यास खेलअन्तर्गत आयरल्यान्ड ‘ए’सँग दोस्रो अर्थात अन्तिम खेल खेल्ने भएको छ । 
 
कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुने खेल दिउँसो १ बजे सुरु हुनेछ । 
 
दुई खेलको सिरिजमा नेपाल १–० ले अगाडि छ । आज दोस्रो अर्थात् अन्तिम अन्तिम खेल हुन लागेको हो । 
 
सोमबार भएको पहिलो खेलमा नेपालले आयरल्याण्ड वोल्भ्सलाई पराजित गरेको हो । आयरल्याण्ड वोल्भ्सले दिएको १२२ रनको लक्ष्य पछाएको नेपालले १६.१ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।