अध्यागमनलाई सुधार गर्न गृहमन्त्री लामिछानेको निर्देशन

चैत्र १३,२०८०

-आस्था न्यूज

चैत १३, २०८० काठमाडौं ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अध्यागमन हेरेर देशको अवस्था कस्तो छ भन्ने कुरा विदेशीले थाहा पाउने भएकाले सुधार आवश्यक भएको बताएका छन् । मंगलबार अध्यागमन विभागको निरीक्षणमा गएका लामिछानेले अधिकारीहरूको ब्रिफिङ सुनेपछि अध्यागमनलाई सुधार गर्न निर्देशन पनि दिएका छन् ।
 
अध्यागमनले वैदेशिक रोजगारीमा जाने र नेपाल आउनेसँग भद्र व्यवहार गर्न उपप्रधान तथा गृहमन्त्री लामिछानेले आग्रह गरेका थिए । ुविदेशीका लागि अध्यायमन देशको मुहार हो । मुहार नराम्रो हुँदा देशप्रति नै सकारात्मक धारणा बन्दैन । अध्यागमन सुधारका योजना ल्याउनुस् । तपाईंका योजनामा मन्त्रालयले सक्दो सहयोग गर्छ,ु लामिछानेले भनेका थिए ।
 
गृहमन्त्री लामिछानेले मुलुकको अर्थतन्त्रमा ठूलो योगदान दिने वैदेशिक रोजगारीमा जाने नेपालीलाई अध्यागमनले सहानुभूतिसहितको व्यवहार गर्नुपर्ने बताएका थिए । ुरेमिट्यान्स पठाएर देशको अर्थतन्त्रमा योगदान दिने श्रमिकलाई विमानस्थलमा जाँदा-आउँदा गरिने अमर्यादित र अभद्र व्यवहार नगर्न तथा अनावश्यक दुःख, कष्ट र हैरानी दिने प्रवृत्ति तत्काल सुधार्न अध्यागमनका कर्मचारीलाई आग्रह छ । सहानुभूतिसहित सकारात्मक व्यवहार गरी आजैबाट सेवाग्राहीलाई परिवर्तनको अनुभूति गराउनुहुन आग्रह छु, लामिछानेले भनेका थिए ।
 
नेपालको अध्यागमनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रविधिमैत्री बनाउनु पर्नेमा लामिछानेले जोड दिएका थिए । उनले अध्यागमनमा खटिने जनशक्तिलाई पर्याप्त तालिमको व्यवस्था गर्नुपर्ने बताए । त्यस्तै, कार्यस्थललाई स्रोत–साधान सम्पन्न बनाउन चुनौती भएपनि सुधारको प्रयास जारी राख्नुपर्ने बताए ।