पुलमा पानी जहाज ठोक्किँदा १५ हजारको रोजिरोटीमा धक्का

चैत्र १३,२०८०

-आस्था न्यूज

चैत १३, २०८० काठमाडौं । 
अमेरिकाको मेरिल्याण्डमा एउटा कार्गो जहाज ठोक्किएपछि ‘फ्रान्सिस की ब्रिज’ को एक भाग भत्किएको छ । अमेरिकी समय अनुसार बिहान १.३० बजे भएको यो घटना भएको  हो । पुलमा ठोक्किएपछि आगो लाग्यो र जहाज डुब्यो ।
 
सिंगापुरको झण्डा बाहक सो जहाज श्रीलंकाको राजधानी कोलम्बो जाँदै थियो । यसको नाम डाली हो । घटनामा परेका ७ जनाको उद्दारको प्रयास भइरहेको अधिकारीहरुले बताएका छन् । पुल भत्किँदा त्यहाँ रहेका धेरै सवारीसाधन पनि पानीमा डुबेका छन् । तर, पुलमा कति मानिस थिए र अहिले कस्तो अवस्थामा छन् भन्ने खुल्न सकेको छैन ।
 
मेरील्याण्ड यातायात प्राधिकरणले पुलमा दुर्घटना भएपछि सबै लेनहरू बन्द गरी यातायात बन्द गरिएको बताएको छ । जहाज ९४८ फिट लामो थियो । फ्रान्सिस की पुल सन् १९७७ मा पताप्स्को नदीमा बनाइएको थियो । अमेरिकाको राष्ट्रिय गान लेख्ने फ्रान्सिस स्कट कीको नाममा यसको नाम राखिएको हो ।
 
जहाजका चालक दल सकुशल छन् भने दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।
 
डाली जहाजको स्वामित्वमा रहेको कम्पनीले जहाजमा उपस्थित दुई पाइलटसहित सम्पूर्ण चालक दल सकुशल रहेको जनाएको छ । उनीहरु घाइते भएका छैनन् । जहाज र पुल ठोक्किनुको कारण भने खुल्न सकेको छैन । जहाजका मालिक र अधिकारीहरूले अनुसन्धान गरिरहेका छन् ।
 
बाल्टिमोर हार्बरमा पानीको तापक्रम ९ डिग्री सेल्सियस छ । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोलका अनुसार जब तापक्रम २१ डिग्री सेल्सियसभन्दा कम हुन्छ, शरीरको तापक्रम पनि तीव्र गतिमा घट्छ । जसका कारण पानीमा डुबेका मानिसको ज्यान जोखिममा पर्न सक्छ ।
 
गत वर्ष बाल्टिमोर बन्दरगाहबाट ६.६७ लाख करोड रुपैयाँको सामान पास भएको थियो ।
 
मेरील्याण्ड सरकारको वेबसाइटका अनुसार गत वर्ष बाल्टिमोर बन्दरगाहबाट करिब ५२ मिलियन टन अन्तर्राष्ट्रिय कार्गो गएको थियो । यसको मूल्य ६ दशमलव ६७ लाख करोड रुपैयाँ थियो । यस बन्दरगाहबाट १५ हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । जसका कारण मेरिल्याण्डमा पनि करिब १ करोड ३९ लाख मानिसको जीवन धानिएको छ ।