हालकै प्रदेश सरकारहरुलाई स्थायित्व दिन शेखर कोइरालाको प्रस्ताव

चैत्र १३,२०८०

-आस्था न्यूज

चैत १३, २०८० काठमाडौं । 
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले हालकै प्रदेश सरकारहरुलाई स्थायित्व दिनुपर्ने प्रस्ताव राखेका छन्। 
 
मंगलबार फेसबुकमा स्टाटस लेख्दै उनले मध्यावधि निर्वाचन आजको आवश्यकता र बाध्यता दुवै नभएको र मध्यावधि भएमा संघीयता विरोधी स्वरलाई मलजल गर्ने भएकाले हरेक विकल्पमा छलफल गर्न र हालकै प्रदेश सरकारहरुलाई स्थायित्व दिन प्रस्ताव गरेका हुन्।
 
ुहाम्रो देशमा कुनै स्थायी गठबन्धन नभएकाले संघ र प्रदेशमा एउटै गठबन्धन हुनुपर्छ भन्ने छैन र हुनुहुँदैनु, उनले भनेका छन्, वर्तमान प्रदेश सभाका अंकगणित हेर्दा संघकै गठबन्धन अनुरुप प्रदेशमा पनि सरकार बनाउन खोजे कुनै प्रदेशमा संवैधानिक र कानुनी जटिलता आउने तथा कुनै प्रदेश मध्यावधिमा जाने देखिन्छ।
 
उनले निर्वाचन भएको डेढ बर्षमै पटक-पटक प्रदेश सरकारहरु बन्नु र ढल्नु विकास र संघीयताको स्थायीत्वका लागि बेठिक हुने तर्क पनि गरेका छन्।
 
गत फागुन २१ गते संघीय सरकारको सञ्चालनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन परिवर्तन गरेका थिए। उनले कांग्रेससँगको सहयात्रा छाडेर एमाले लगायतका दलसँग गठबन्धन गरेका थिए। नयाँ गठबन्धनका दलहरूबीच प्रदेश सरकारहरू पनि आफ्नै गठबन्धनबाट निर्माण गर्ने सहमति भइसकेको छ।