गृहमन्त्री लामिछानेलाई राज्य व्यवस्था समितिले बोलायो

चैत्र १३,२०८०

-आस्था न्यूज

चैत १३, २०८० काठमाडौं । 
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले गृह मन्त्रालयको काम कारबाहीका विषयमा छलफल गर्न उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई बोलाएको छ ।
 
समितिको बुधबार बिहान ११ बजे बैठकमा उपप्रधानमन्त्री लामिछानेलाई बोलाइएको हो । समितिको सचिवालयका अनुसार सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने बैठकमा गृह मन्त्रालयसँग सम्बन्धित समसामयिक विषयमा छलफल गर्ने कार्यसूची छ ।
 
कांग्रेस नेता रामहरि खतिवडा सभापति रहेको यो समितिको कार्यक्षेत्रभित्र गृह मन्त्रालय पर्छ । सम्बन्धित मन्त्रालयको काम कारबाहीको विषयमा सम्बन्धित मन्त्री समेतको उपस्थितिमा छलफल गर्न लागिएको समितिका सचिव सुरजकुमार दुराले जानकारी दिए ।