माओवादीको पदाधिकारी बैठक भोली

चैत्र १३,२०८०

-आस्था न्यूज

चैत १३, २०८० काठमाडौं । 
सत्तारुढ दल माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । बैठक बुधबार बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने सचिव देवेन्द्र पौडेलले जानकारी दिए । 
 
पौडेलका अनुसार उपनिर्वाचनको तयारी, प्रदेशको भागबण्डा लगायत विषयमा छलफल हुनेछ ।
 
वैशाख १५ गते हुने उपनिर्वाचनमा इलाम २ बाट उम्मेदवारका लागि माओवादी जिल्ला समितिले केन्द्रीय सदस्य धिरेन्द्र शर्मासहित उर्मिला तामाङ, अनिल बराइली, ओम गुरुङको नाम सिफारिस भएको कोशी प्रदेश इन्चार्ज हर्क नेम्वाङले दिएका छन् । 
 
यसअघि गठबन्धन दलका मुख्य घटक एमालेले दिवंगत नेता सुवासचन्द्र नेम्वाङका कान्छा छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।