विनिमय दरः अमेरिकी डलरको मूल्य लगातार घट्यो

चैत्र १४,२०८०

-आस्था न्यूज

चैत १४, २०८०   काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।  
 
आज अमेरिकी डलरको मूल्य घट्दा युरो, पाउन्ड, अस्ट्रेलियन डलरसहित अरु धेरै विदेशी मुद्राको मूल्य बढेको छ।
 
आजको लागि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५६ पैसा निर्धारण भएको छ। 
 
हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ १९ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७९ पैसा थियो।  विगत तीन दिनसम्म स्थिर रहेको अमेरिकी डलरको मूल्य आज घटेको हो। 
 
त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ ३३ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९८ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४४ रुपैयाँ १४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७९ पैसा थियो।   आज बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६९ रुपैयाँ ०७ पैसा निर्धारण भएको छ।