चीनसँग तातोपानी, कोरला सहित परम्परागत १४ नाका तक्काल सुरु गर्ने समझदारी

चैत्र १४,२०८०

-आस्था न्यूज

चैत १४, २०८०   काठमाडौं ।
चीनले नेपालसँग सिमा जोडिएका तातोपानी, कोरला सहित परम्परागत १४ नाका तक्काल सुरु गर्नेमा सहमती जनाएको छ।  
 
उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ र उनका चिनियाँ समकक्षी वाङ यीबीच मंगलबार बेइजिङमा  भएको द्विपक्षीय भेटवार्तामा उक्त सहमति भएको हो।
 
बेइजिङस्थित स्टेट गेस्ट हाउसमा भएको भेटमा चीनले सीमासँगै बीआरआई र अन्य नेपाल चीनसँग जोडिएका परियोजनाहरुलाई प्राथमिकता दिएर अघि बढाउने प्रतिवद्धता समेत जनाएको छ।  
 
प्रतिनिधिमण्डलस्तरमा भएको उक्त वार्तामा नेपाल–चीन सीमा क्षेत्रमा रहेका १४ वटा परम्परागत नाकालाई तुरुन्त सञ्चालनमा ल्याउने समझदारी भएको श्रेष्ठको सचिवालयले जनाएको छ। 
 
भेटमा चिनियाँ विदेशमन्त्री वाङले विभिन्न प्रयोजनका लागि चीन आउने नेपाली नागरिकलाई प्रवेशाज्ञा ९भिसा० निःशुल्क गर्न चीन सकारात्मक भएको जानकारी  गराएका थिए। 
 
नेपाल–चीन अन्तरदेशीय प्रसारण निर्माणलाई छिटो अघि बढाउने तथा यसअघि सचिवस्तरमा रहेको उच्चस्तरीय परामर्श संयन्त्रलाई मन्त्रीस्तरीय बनाउने सहमति भएको छ। नेपाल र चीनबीच बेल्ट एण्ड रोड इनिसियटिभ ९बीआरआई० कार्यान्वयन कार्ययोजनामा चाँडै हस्ताक्षर गर्ने समझदारी भएको बैठकपछि जानकारी दिइयो।
 
संयुक्त सीमा निरीक्षण टोलीले काम थाल्नेलगायतका विषयमा पनि दुवै पक्षबीच समझदारी बनेको छ। दुई पक्षबीच नेपालमा कृषि प्रविधि उद्यान निर्माणको प्रक्रिया छिटो अघि बढाउने तथा विकासका योजनाका बारेमा ठोस प्रस्ताव लिएर अघि बढ्ने समझदारी भएको छ।