माओवादी पदाधिकारीको बैठक बालुवाटारमा जारी

चैत्र १४,२०८०

-आस्था न्यूज

चैत १४, २०८० काठमाडौँ ।
नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ । 
 
वैशाख १५ गते हुने उपनिर्वाचनबारे छलफल गर्न केहीबेर अघि बैठक सुरु भएको माआवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । 
 
इलाम-२ को उपनिर्वाचनमा सत्ता साझेदार दल नेकपा एमालेले सुहाङ नेम्बाङलाई उम्मेदवार बनाउने घोषणा गरिसकेको छ भने रास्वपा पनि उम्मेदवारबारे छलफलमा छ ।
 
यहीबीचमा माओवादी केन्द्रले पनि पदाधिकारी बैठकमार्फत आफ्नै उम्मेद्वार टुंग्याउने तयारी गरेको आकंलन गरिएको छ ।