विभिन्न २२ वटा निर्माण र आपूर्तिकर्ता कम्पनी कालो सूचीमा

चैत्र १४,२०८०

-आस्था न्यूज

चैत १४, २०८० काठमाडौँ ।
सरकारले २२ वटा विभिन्न निर्माण र आपूर्तिकर्ता कम्पनीलाई कालो सूचीमा राखेको छ ।
 
सार्वजनिक खरिद अनुगमनको कार्यालयले सार्वजनिक सूचना जारी गर्दै विभिन्न २३ आयोजना समयमै पूरा नगर्ने २२ वटा कम्पनीलाई कालो सूचीमा राखेको जानकारी गराएको हो ।
 
सम्बन्धित सार्वजनकि निकायको सिफारिसमा दुई कम्पनीलाई तीन वर्ष, एक कम्पनीलाई दुई वर्ष, एउटालाई साढे एक वर्ष र बाँकीलाई एक वर्षका लागि कालो सूचीमा राखिएको कार्यालयले जनाएको छ ।