Trending :
 

इलाम र बझाङमा उम्मेदवारी दिने माओवादी केन्दको निर्णय

चैत्र १४,२०८०

-आस्था न्यूज

चैत १४, २०८० काठमाडौँ ।
नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभाको इलाम क्षेत्र नम्बर २ र प्रदेश सभातर्फ बझाङ क्षेत्र नं १ मा उम्मेदवारी दिने निर्णय गरेको छ । 
 
बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित बसेको पार्टी पदाधिकारी बैठकले उम्मेदवारी दिने निर्णय गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । 
 
उनले भने, ‘आजको पार्टी पदाधिकारी बैठकले इलाम–२ र बझाङ–१(१)मा पनि आफ्नै उम्मेदवार उठाउने निर्णय गरेको छ । व्याक्तिको बारेमा निर्णय गर्नको लागि सिफारिस आएको छ । अर्को बैठकमा टुंगो लाग्छ ।’