Trending :
 

प्रचण्ड-देउवाबिचको भेटमा टीआरसी विधेयक र संसद अवरोधबारे छलफल

चैत्र १५,२०८०

-आस्था न्यूज

चैत १५, २०८० काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविच भेटवार्ता भएको छ ।
 
विहीबार विहान प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भएको भेटमा संक्रमणकालिन न्याय र संसद अवरोधका विषयमा छलफल भएको छ ।
 
‘भेटमा मुख्यगरी संसदमा भएको अवरोध हटाउने र संसदमा पेस भएको टीआरसी विधेयक पारित गर्ने सवालमा कुराकानी भयो,’ प्रधानमन्त्रीको सचिवालय स्रोतले भन्यो ।
 
गत फागुन २१ गते कांग्रेस-माओवादीबीचको गठबन्धन टुटेपछि प्रधानमन्त्री दाहाल र देउवाबीच पहिलो पटक भेटवार्ता भएको हो । पछिल्लो समय कांग्रेसले प्रतिनिधि सभामा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरिरहेको छ । दाहाल गृहमन्त्रीको बचाउमा छन् ।