रास्वपाले उपनिर्वाचनका लागि उम्मेदवार टुङ्ग्याउदै

चैत्र १५,२०८०

-आस्था न्यूज

चैत १५, २०८० काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम २ को उपनिर्वाचनको उम्मेदवार आज चयन गर्दैछ । सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले प्राइमरी इलेक्सनका लागि उम्मेदवारी दिएका ६ जनालाई पार्टी कार्यालय बनस्थली बोलाएर छलफल गरिरहेका छन् । 
 
रास्वपामा इलाम २ को प्राइमरी इलेक्सनका लागि गोकुलबहादुर राई, जमुना शर्मा, महेन्द्रकुमार थापा, मानबहादुर घिमिरे, मिलन लिम्बू र डा.शेषरमण न्यौपानेको उम्मेदवारी परेको थियो । रास्वपाले उनीहरूमध्ये बाट एक जनालाई उम्मेदवार बनाउने छ । बुर्लाकोटीले भने, ‘पार्टीले एक चरण संवाद गराएर सहमति जोज्छौँ । उम्मेदवारी फिर्ता लिने समयसम्म सहमतिको प्रयास रहन्छ ।’
 
उम्मेदवारका आकांक्षीबिच सहमति भएन भने केन्द्रीय समिति बैठक बसेर उम्मेदवारको टुङ्गो लगाउने उनले बताए ।