कांग्रेस केन्द्रीय सहकारी विभागमा १० जना सदस्य मनोनित
-आस्था न्यूज
चैत १६, २०८० काठमाडौं ।
नेपाली कांग्रेसले केन्द्रीय सहकारी विभागमा १० जना सदस्य मनोनित गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले देवेन्द्रराज कँडेल प्रमुख रहेको सहकारी विभागमा १० जना सदस्य थपेका हुन् ।
विभागको सदस्य मनोनयन हुनेमा भानुभक्त ढकाल, चन्द्रप्रसाद ढकाल, डिल्लीराम तिवारी, राजेन्द्र पौडेल, गोमा नेपाल, पदम दाहाल, विश्वप्रकाश पौडेल,शम्भु घिमिरे, नवराज न्यौपाने र कृष्ण खनाल रहेको छ ।
गत मंसिर १ मा देउवाले कँडेललाई विभाग प्रमुख बनाएका थिए ।