Trending :
 

सुन तस्करीमा संलग्न विदेशीलाई नागरिकता बिक्री गरेको अभियोगमा तीन जनालाई थुनामा पठाउने आदेश

चैत्र १७,२०८०

-आस्था न्यूज

चैत १७, २०८० काठमाडौं ।
सुन तस्करीमा संलग्न रहेका विदेशी नागरिकलाई नेपाली नागरिकता बिक्री गरेको अभियोगमा पक्राउ परेका तीन जनालाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ। 
 
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट विदेशी नागरिकलाई नागरिकता बिक्री गरेको अभियोगमा हिरासतमा रहेका दुई अधिकृतसहित थप एक जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो। 
 
अदालतले सोही प्रकरणमा संलग्न अर्का एक जनालाई पक्राउ पुर्जी जारीको आदेश दिएको छ। जिल्ला अदालत धुलिखेलले शुक्रबार थुनछेक बहसपछि यस्तो आदेश गरेको हो। 
 
न्यायाधीश शिवकुमार पोखरेलको इजलासले नागरिकता बिक्री अभियोगमा पक्राउ परेका अधिकृतद्वय झपेन्द्रराज खरेल र रामचन्द्र अर्यालसहित नागरिकता खरिद गर्ने काठमाडौँ महानगरपालिका(४ का ४० वर्षीय राजु गुरुङलाई थुनामा पठाउने आदेश गरेको हो।