Trending :
 

तस्करी र राजश्व चुहावट नियन्त्रणमा निर्मम भएर लाग्ने गृहमन्त्री रवि लामिछानेको भनाई

चैत्र १७,२०८०

-आस्था न्यूज

चैत १७, २०८० काठमाडौं ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले तस्करी र राजश्व चुहावट नियन्त्रणमा निर्मम भएर लाग्ने बताएका छन् ।
 
शनिबार इलाममा आयोजित कार्यक्रममा उनले सीमा क्षेत्र र विमानस्थलमार्फत हुने तस्करी नियन्त्रण तथा राजश्व चुहावटमा निर्मम भएर लाग्ने बताएका हुन् ।
 
‘चाहे बोर्डरमा होस्, एयरपोर्टमा होस् जहाँ पनि होस्, तस्करी नियन्त्रण, राजश्व चुहावट नियन्त्रणको कुरामा गृह मन्त्रालय निर्मम छ । यो पदबहाल गरेदेखि नै मैले स्पष्ट भनेको छु’, उनले भने ।
 
सीमा क्षेत्रमा उपभोग्य बस्तु खरिदका नाममा भारतबाट अन्य सामानहरुको तस्करी हुने गरेको गृहमन्त्री लामिछानेले बताए ।
 
आगामी वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा हुन लागेको प्रतिनिधि सभाको उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारी घोषणा गरेको छ।