Trending :
 

क्रिकेट

कोलकाता नाइट राइडर्स ४ विकेटले पराजित

आइपीएल

चैत्र २८,२०७३

-

मुम्बई, चैत २८ –

आइपीएलको १० औँ संस्करण अन्तर्गत हिजो भएको खेलमा कोलकता नाइट राइडर्स  मुम्बई इन्डियन्ससँग ४ विकेटले पराजित भएको छ ।

मुम्बईको वानखेडे स्टेडियममा कोलकाता नाइट राइडरस र मुम्बई इन्डियन्स बिच हिजो भएको ७ औं खेलमा कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई ११९ रनको लक्ष्य दिएको थियो ।

अन्तिम २३ बलमा ५९ रन जोगाउन नसक्दा कोलकाता आइपीएलको १० औँ संस्करणमा मुम्बाई इन्डियन्ससँग ४ विकेटले पराजित भएको छ ।

जितका लागि १७९ रनको आवश्यकता रहेको बेला ११९ रनमा ५ विकेट गुमाएको स्थितिमा रहेको मुम्बई इन्डियन्सका लागि हार्दिक पाण्डेय र नितिश रानाले उत्कृष्ट खेल प्रदर्शन गर्दै जीत दिलाए ।

रानाले जम्मा २९ बलमा ५० रन बनाए भने पाण्डेयले ११ बलमा २९ रन बनाउँदै टोलीलाई जित दिलाए ।

अन्तिम ३ ओभरमा ४९ रन बनाउने दबाबमा परेको मुम्बई इन्डियन्सका लागि पाण्डेय र रानाले नै उत्कृष्ट खेल प्रदर्शन गर्दै उक्त लक्ष्य पुरा गरे ।

कोलकाताका लागि भने मनिष पाण्डेले सर्वाधिक ८१ रन जोडेका थिए ।

यसतै, आइतबार भएको पहिलो खेलमा सनराइजर्स हैदराबादले गुजरात लायन्सलाई ९ विकेटले पराजित गरेको छ ।

जितसँगै हैदराबाद २ खेलमा २ जित निकाल्दै अंक तालिकामा शीर्ष स्थानमा रहेको छ ।

कप्तान डेभिड वार्नर र मोइस हेनरिक्सले अर्धशतक बनाएपछि गुजरातले प्रस्तुत गरेको १३६ रनको लक्ष्य हैदराबादले मात्र १ विकेट गुमाएर १५.३ ओभरमा पुरा गर्यो ।