Trending :
 

गुल्मीमा पौडी खेल्ने क्रममा खोलामा डुबेर मृत्यु

चैत्र १८,२०८०

-आस्था न्यूज

चैत १८, २०८० काठमाडौं ।
गुल्मीमा पौडी खेल्ने क्रममा खोलामा डुबेर एकजनाको मृत्यु भएको छ। जिल्लाको गुल्मीदरबार गाउँपालिका-२ घोरा निवासी रमेश सारुको छोरा १२ वर्षीय प्रिन्स सारुको मृत्यु भएको हो। 
 
प्रिन्स शनिबार बेलुकी ५ बजे बडिगाड खोलाको सोता भन्ने ठाउँमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए।
 
उनको आज बिहानैदेखि सशस्त्र प्रहरी, गुल्मीका सई खड्गसिंह प्रेमीको नेतृत्वमा खटिएको टोलीले खोजी गर्ने क्रममा ११स्३० को समयमा शव फेला परेको प्रहरीले जनाएको छ।