Trending :
 

स्रोत नखुलेको १८ लाख ५० हजार रुपैयाँसहित नागढुंगाबाट १ जना पक्राउ

चैत्र १८,२०८०

-आस्था न्यूज

चैत १८, २०८० काठमाडौं ।
स्रोत नखुलेको साढे १८ लाख रुपैयाँसहित चन्द्रागिरी नगरपालिका–२ नागढुंगाबाट १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
 
पक्राउ पर्नेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका-११ का २३ वर्षीय रिसब श्रेष्ठ छन् । उनलाई प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले साढे १८ लाखसहित पक्राउ गरेको हो ।
 
उनी लु २ ख ४५३५ नम्बरको बसका चालक रहेको प्रहरीले जनाएको छ । उक्त रकम तिलोत्तमा नगरपालिका-११ बस्ने ३७ वर्षीय देबेन्द्र न्यौपानेले काठमाडौं पु¥याइदिन भनि दिएको श्रेष्ठले प्रहरीसमक्ष बताएका छन् ।