त्रिकोणात्मक सिरिजः नेपाललाई गुजरातले दियो ९९ रनको झिनो लक्ष्य

चैत्र १८,२०८०

-आस्था न्यूज

चैत १८, २०८० काठमाडौं ।
त्रिकोणात्मक टी-२० सिरिज (फ्रेन्डसिप कप) अन्तर्गत आइतबार जारी खेलमा गुजरातले नेपाललाई ९९ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गुजरातले १८.२ ओभरमा अल आउट हुँदै ९८ रन बनाएको हो।
 
गुजरातलाई सस्तैमा अलआउट गर्ने क्रममा गुलसन झाले ४ विकेटको महत्वपूर्ण योगदान गरे। उनले ४ ओभर बलिङ गर्दै उमंग टण्डेल, स्मिथ पटेल, हेमांग पटेल र ऋषि पटेललाई आउट गरे।
 
यस्तै करन केसीले ३ विकेट लिए भने सोमपाल कामीले १ जनालाई पेभेलियन फर्काए। २ जना रन आउट भएका थिए।