Trending :
 

अमेरिकी लगानी रहेको आईटी कम्पनी कोटीभीटी नेपाल प्रालि विरुद्ध कर छली मुद्दा दर्ता

चैत्र १८,२०८०

-आस्था न्यूज

चैत १८, २०८० काठमाडौं ।
राजस्व अनुसन्धान विभागले अमेरिकी लगानीको आईटी कम्पनी कोटीभीटी नेपाल प्रालि विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ।  
 
कोटीभीटी नेपाल विरुद्ध विभागले आइतबार कर छली अभियोगमा उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको हो।
 
विभागले ४ अर्ब ७६ करोड राजस्व चुहावट कसुर भएको र राज्यलाई कुल ५ अर्ब १८ करोड कायम गरी मुद्दा दायर गरेको हो।