Trending :
 

विश्वविद्यालयका पदाधिकारी योग्यता र क्षमताका आधारमा नियुक्ति गर्न माग

चैत्र १८,२०८०

-आस्था न्यूज

चैत १८, २०८० काठमाडौं ।
नेपाल विद्यार्थी संघले विश्वविद्यालयका पदाधिकारी योग्यता, क्षमता र प्रतिस्पर्धाका आधारमा नियुक्ति हुनु पर्ने माग उठाएको छ ।
 
त्रिभुवन विश्वविद्यालयका कुलपति केशरजंग बराललाई आइतबार ज्ञापनपत्र बुझाउँदै नेविसंघले उपकुलपतिले प्रस्तुत गरेको ४ वर्षे भिजन पेपर र सार्वजनिक गर्न माग गरेको छ ।
 
जनशक्तिको अभावले नतिजा प्रकाशनमा ढिलाई भएको उल्लेख गर्दै संघले विज्ञापन गर्न कुलपतिको ध्यानाकर्षण गराएको छ । उद्यमशील संस्कृतिको विकास गर्न पठ्यक्रममा परिमार्जन गर्नुपर्ने संघको माग छ ।