Trending :
 

अपडेटः कास्कीको भदौरेमा जीप दुर्घटना हुदा २ जनाको मृत्यु

चैत्र १८,२०८०

-आस्था न्यूज

चैत १८, २०८० काठमाडौं ।
कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ४ भदौेरेमा जीप दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ भने १० जना घाइते भएका छन् ।
 
दुर्घटनामा घाइते भएको पोखरा महानगरपालिका २३ का ५२ वर्षीय जयराम सुनार र ५५ वर्षीय लक्ष्मण सुनारको मृत्यु भएको हो ।
 
पोखरा बजारदेखि भदौरे जाँदै गरेको ग १ ज ५५४७ नम्बरको जीप भीरबाट खसेको छ । सल्लाघारीममा बस खस्दा १० जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।