आईपीएल क्रिकेटमा चेन्नईलाई २० रनले हराउँदै दिल्लीको पहिलो जित

चैत्र १९,२०८०

-आस्था न्यूज

चैत १९, २०८० काठमाडौं ।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले चेन्नई सुपरकिंग्सलाई २० रनले हराएको छ । दुई खेलमा लगातार हार ब्यहोरेको दिल्लीको यो पहिलो जित हो । गएराति भएको खेलमा दिल्लीले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको चेन्नईले  निर्धारित २० ओभरमा ६ विकेट गुमाएर  १ सय ७१ रन मात्र बनाउन सक्यो ।
 
चेन्नईका लागि अजिंके रहानेले सर्वाधिक ४५ रन बनाए । महेन्द्र सिंह धोनीले १६ बलमा ४ चौका र तीन छक्कासहित अविजित ३७ रन बनाए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो ।
 
दिल्लीका लागि ओपनर डेबिड वार्नरले ३५ बलमा ५ चौका र ३ छक्का गरि ५२ रनको अर्धशतकीय ईनिङ खेले । अर्का ओपनर पृथ्वी शाँले २७ बलमा ४ चौका र २ छक्काको सहयोगमा ४३ रन बनाए ।
 
कप्तान रिषभ पन्तले ३२ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ५१ रनको अर्धशतकीय ईनिङ खेले ।