Trending :
 

सरकारसँग राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम रद्द गर्नुको कारण माग

चैत्र १९,२०८०

-आस्था न्यूज

चैत १९, २०८०  काठमाडौं । 
नेपाली कांग्रेसकी सांसद कान्तिका सेजुवालले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम रद्द गर्नुको कारण खोजेकी छन् । सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले यसको जवाफ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले दिनुपर्ने माग गरेकी हुन् । 
 
‘शिक्षा मन्त्रीलाई प्रश्न गर्न चाहन्छु- राष्ट्रपति सुधार कार्यक्रमका लागि विभिन्न जिल्लाबाट प्रस्तावना आह्वान तीन महिना अगाडि गरियो । शिक्षा विभाग हुँदै शिक्षा मन्त्रालयमा पनि आइपुग्यो । तर एक्कासि कार्यक्रम किन रद्द गरियो ,’ उनको प्रश्न छ ।
 
यो प्रश्न मेरो मात्रै नभएको भन्दै दुर्गम जिल्लाका सामुदायिक विद्यालयका विद्यार्थी, अभिभावक र शिक्षकहरूको पनि नरहेको उनले बताइन् । यो कार्यक्रम दुर्गम जिल्लाका विद्यालयका लागि आवश्यक रहेको सांसद सेजुवालको भनाइ छ ।
 
यो कार्यक्रमअन्तर्गत विद्यालय भवन निर्माण, सूचना प्रविधि, प्रयोगशाला र प्राविधिक धार सञ्चालन हुने गरेको भन्दै उनले निरन्तरताका लागि आग्रह गरेकी छन् ।