एरिका गुरुङले जितिन यूएस ओपन अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा स्वर्ण पदक

चैत्र १९,२०८०

-आस्था न्यूज

चैत १९, २०८०  काठमाडौं । 
नेपालले यूएस ओपन अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा स्वर्ण पदक जितको छ । नेपालकी एरिका गुरुङले अमेरिकाको टेक्ससमा जारी प्रतियोगितामा २१ वर्षमुनिको इलाइट महिला ६८ किलोमाथि तौल समूहमा स्वर्ण पदक जितेकी हुन् । फाइनलमा उनले आयोजक अमेरिकाको खेलाडीलाई पराजित गरेकी थिइन् ।
 
चीनमा गएको असोजमा भएको १९औँ एसियाली खेलकुद (एसियाड) मा नेपाललाई ऐतिहासिक रजत पदक दिलाउन सफल एरिका यूएस ओपन अन्तर्राष्ट्रिय कराँतेको ६८ किलोमाथि ९सिनियर० खुलातर्फ पनि फाइनलमा पुगेकी छन् ।
 
नेपालका अर्का खेलाडी विप्लभलाल श्रेष्ठ पुरुष ८४ केजी मुनि तौल समूहको सेमिफाइनलमा पराजित भएका छन् ।