Trending :
 

वैदेशिक रोजगारीमा जानेहरूको मासिक पारिश्रमिक एक लाख रुपैयाँ तोक्न ध्यानाकर्षण

चैत्र १९,२०८०

-आस्था न्यूज

चैत १९, २०८०  काठमाडौं । 
नेकपा (माओवादी केन्द्र) का सांसद रामकुमार राईले वैदेशिक रोजगारीमा जानेहरूको मासिक पारिश्रमिक एक लाख रुपैयाँ तोक्नुपर्ने बताएका छन् । 
 
सोमबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद राईले नेपालबाट वैदेशिक रोजगारीमा जानेहरूको मासिक पारिश्रमिक एक लाख रुपैयाँ तोकिनुपर्ने बताएका हुन् । 
 
उनले फ्रि भिसा फ्रि टिकट भनिएपनि दुई लाख रुपैयाँसम्म लिएर विदेश पठाउने गरिएको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराए । उनले देशभरका पालिकाबाट सदरमुकाम जोड्ने सडक कालोपत्रे गर्न माग पनि गरे ।