Trending :
 

नागरिक उन्मुक्ति पार्टीका नेताहरुबीच विवाद

चैत्र १९,२०८०

-आस्था न्यूज

चैत १९, २०८०  काठमाडौं । 
नागरिक उन्मुक्ति पार्टीका नेताहरुबीच सोमबार बैठकस्थलमै हात हालाहाल भएको छ ।
 
अनामनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा पार्टीको संस्थापक केन्द्रीय समिति बैठक भइरहेका बेला नेताहरुबीच हात हालाहाल भएको हो ।
 
नाउपाको अध्यक्षमा रेशम चौधरीलाई निर्वाचन आयोगले मान्यता नदिएपछि पार्टीमा रञ्जिता श्रेष्ठकै अध्यक्षतामा रहेको २१ जना केन्द्रीय सदस्यहरूको संस्थापक केन्द्रीय समिति नै आधिकारिक छ । तर रेशम पक्षका नेताहरुले सबैलाई समेटेर लानुपर्ने भन्दै विवाद गरेपछि हात हालाहालको अवस्था आएको नेता रामलाल डगौरा थारूले बताए ।