Trending :
 

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको माग गर्दै काठमाडौँमा सम्पाङको एकल प्रदर्शन

चैत्र २०,२०८०

-आस्था न्यूज

चैत २०, २०८० काठमाडौं ।
धरान उपमहानगरपालिका मेयर हर्क राई (साम्पाङ)ले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको माग गर्दै काठमाडौँमा एकल प्रदर्शन गरेका छन् । 
 
धरानका विकास निर्माण योजनासहित मन्त्री र प्रधानमन्त्रीलाई भेट्न काठमाडौँ आएका मेयर सम्पाङले मंगलबार बिहान एकल प्रदर्शन गरेका हुन् । 
 
‘०८४ अघि जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था लागु गर’ लेखिएको प्लेकार्ड बोकेर उनी प्रदर्शनमा गरेका छन् । मेयर सम्पाङले आफ्नो एक्समार्फत एकल प्रदर्शन गरेको जनाएका छन् ।