Trending :
 

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दिए राजीनामा

चैत्र २१,२०८०

-आस्था न्यूज

चैत २१, २०८० काठमाडौं ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएका छन्। उनले बुधबार बिहान प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा बुझाएका हुन्। 
 
माओवादीका सांसदले समर्थन फिर्ता लिएसँगै पाण्डे गत फागुन २३ देखि अल्पमतमा थिए। केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि अल्पमतमा परेका उनले २२ चैतभित्र विश्वासको मत लिनुपर्ने थियो।
 
पाण्डेले विश्वासको मत नलिई राजीनामा दिने विकल्प रोजेका हुन्। अब प्रदेश प्रमुखले  संविधानको धारा १६८ को उपधारा ९२० अनुसार सरकार गठन गर्न दलहरुलाई आह्वान गर्नेछन्।