बजेटको तयारीसँगै राष्ट्रिय योजना आयोगका सदस्यहरूको कार्यविभाजन
-आस्था न्यूज
चैत २१, २०८० काठमाडौं ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले आफूसहित आयोगका सदस्यहरूको कार्यविभाजन गरेका छन् ।
उनले समष्टिगत आर्थिक क्षेत्र, अर्थ, रक्षा, परराष्ट्र, गृह, भौतिक, पूर्वाधार तथा यातायात, वैदेशिक सहायता , लगानी, मञ्च, समपूरक एवं विशेष अनुदान, दिगो विकास लक्ष्य ९, १७ र समग्र समन्वयको भूमिकामा आफूलाई राखेका छन् ।
त्यस्तै आयोगका सदस्य डा. रामकुमार फुयाललाई उद्योग वाणिज्य तथा आपूर्ति, भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, तथ्यांक दिगो विकास लक्ष्य १,८,१० र १२ एवं सुदूरपश्चिम प्रदेशको जिम्मेवारी दिइएको छ ।
अन्य सदस्यहरु डा. रमेशचन्द्र पौडेल, उमाशंकर प्रसाद, प्रा।डा। संगिता सिंह, डा. कुसेन्द्रबहादुर महत, प्रा.डा. शिवराज अधिकारी, डा। अरनिको पाँडे र सदस्य सचिव डा. तोयनारायण ज्ञवालीको पनि कार्यविभाजन गरिएको छ ।