Trending :
 

विद्यार्थी भर्नाका नाममा भइरहेको लुटप्रति शिक्षा मन्त्रीको ध्यान जाओसः सांसद जितजंग बस्नेत

चैत्र २१,२०८०

-आस्था न्यूज

चैत २१, २०८० काठमाडौं ।
नेपाली कांग्रेसका सांसद जितजंग बस्नेतले विद्यार्थी भर्नाका नाममा भइरहेको लुट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीले नदेखेको बताएका छन्।
 
राष्ट्रिय सभाको बुधबारको बैठकमा बोल्दै बस्नेतले शिक्षामन्त्री सुमना श्रेष्ठप्रति लक्षित गर्दै चोर बाटोबाट कर्मचारी भर्ना गर्ने ध्यानु मा लागेको आरोप लगाए।
 
‘शिक्षा मन्त्री अघि यही हुनुहुन्थ्यो मलाई खुसी लागेको थियो तर अहिले उहाँ हुनुहुन्न। उहाँकै अगाडि बोल्छु भन्ने थियो। उहाँले कुनै अमुक विद्यालयको मात्रै प्रचार गरिराख्नु भएको छ,’ उनले भने, ‘उहाँले अभिभावकका दुस्ख देख्नु हुन्न। विद्यार्थी भर्नाका नाममा भएका लुट देख्नु हुन्न। पहुँचवालाले छात्रवृत्ति ओगट्ने र लक्षित वर्गले नपाएको देख्नु हुन्न। बरू कसरी चोर बाटोबाट कर्मचारी भर्ना गर्न सकिन्छ भन्ने मात्र ध्यान उहाँमा रहेको छ, त्यसैले हालै प्रशिक्षार्थीसम्बन्धी कार्यविधि जारी गर्नुभएको छ। यो सरकारी कर्मचारीमाथि अविश्वास हो।’
 
उनले इन्टर्नसम्बन्धी कार्यविधि खारेज हुनुपर्ने बताए। सरकारी विद्यालयको शिक्षाको गुणस्तर उकास्न सरकारको ध्यान जानुपर्ने बस्नेतले बताए।