Trending :
 

कर्मचारीको उमेरहद ६० वर्षबाट बढाउनुपर्ने योगेश भट्टराईको माग

चैत्र २१,२०८०

-आस्था न्यूज

चैत २१, २०८० काठमाडौं ।
नेकपा एमालेका सांसद योगेश भट्टराईले कर्मचारीहरुको उमेरहद बढाउनुपर्ने बताएका छन् ।
 
बुधबार प्रतिनिधि सभाको बैठकमा संघीय निजामती सेवा विधेयकमाथिको छलफलमा भाग लिँदै उनले राष्ट्रिय तथ्याङ्क कार्यालयले १५ वर्षदेखि ६५ वर्ष उमेर समूहलाई कामकाजी मानेको उल्लेख गरे ।
 
उनले भने, ‘अब हामीले अवकाशको उमेर ६०/६२ बाट केही बढाउनुपर्छ ।’