Trending :
 

कांग्रेसमा आज पनि टुंगिएन उपनिर्वाचनका लागि उम्मेदवार

चैत्र २१,२०८०

-आस्था न्यूज

चैत २१, २०८० काठमाडौं ।
नेपाली कांग्रेसले आगामी वैशाख १५ मा हुने उपनिर्वाचनका लागि बुधबार पनि उम्मेदवार सकेन । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बुधबार दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म छलफल हुँदा पनि उम्मेदवारको टुंगो लाग्न नसकेको हो ।
 
कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बिहीबार बिहान ९ बजे पुनः बैठक बस्ने गरी बुधबारको छलफल टुंगिएको बताए । उपनिर्वाचनको उम्मेदवार टुङ्ग्याउन सभापति देउवा तीन दिनदेखि नियमित छलफलमा छन् ।