Trending :
 

सर्वोच्चद्वारा एनआरएनएको दुवै समिति खारेज

चैत्र २२,२०८०

-आस्था न्यूज

चैत २२, २०८० काठमाडौं ।
सर्वोच्च अदालतले गैर आवासीय नेपाली संघको दुबै कार्यसमितिलाई अमान्य ठहर गरेको छ । 
 
बुधबार न्यायाधीश सपना प्रधान मल्ल र नहुकल सुवेदीको इजलासले बद्री केसी र आरके शर्माको नेतृत्वमा रहेको छुट्टाछुट्टै समितिलाई अमान्य ठहर गरेको हो । 
 
इजलासले १ माघ २०७८ मा एनआरएनएका पूर्वअध्यक्ष शेष घलेको अध्यक्षतामा गठित उच्चस्तरीय समितिलाई ६ महिनाभित्र एकता महाधिवेशन गराउन आदेश दिएको छ ।
 
गैर आवासीय नेपाली संघ ९एनआरएनए० को दशौं महाधिवेशनका बेला विवाद भएका समानान्तर दुवै समिति खारेज भएका छन् ।