आर्सनल शीर्ष स्थानमा फर्कियो, सिटीको जितमा फोडेनको ह्याट्रिक

चैत्र २२,२०८०

-आस्था न्यूज

चैत २२, २०८० काठमाडौं ।
इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ । गएराति भएको खेलमा लुटन टाउनलाई २–० गोलले हराउँदै आर्सनलले जित निकालेको हो ।
 
आर्सनलका लागि मार्टिन ओडेगार्डले एक गोल गरेका थिए भने एक गोल आत्मघाती स्वरुप प्राप्त भएको थियो । ओडेगार्डले खेलको २४औँ मिनेटमा सुरुवाती गोल गरेका थिए ।
 
यता, लुटन टाउनका डेकी हाशिओकाले खेलको ४४औँ मिनेटमा आफ्नै पोष्टमा बल छिराएपछि आर्सनल २–० ले विजयी भयो ।
 
यो जितसँगै आर्सनल लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । आर्सनलले ३० खेलबाट ६८ अंक जोडेको छ । एक खेल कम खेलेको लिभरपुल ६७ अंकसहित दोस्रो स्थानमा छ ।
 
३१ खेल खेलेको लुटन टाउन २२ अंकका साथ १८औँ स्थानमा छ ।