गुजराजविरुद्ध पञ्जाबको रोमाञ्चक जित

चैत्र २३,२०८०

-आस्था न्यूज

चैत २३, २०८० काठमाडौं । 
इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा पञ्जाब किंग्सले गुजरात टाइटन्समाथि रोचक जित निकालेको छ।
 
नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले दिएको २०० रनको चुनौती पञ्जाबले एक बल बाँकी हुँदा ७ विकेटको क्षतिमा पूरा गर्दै ३ विकेटको जित निकालेको हो।
 
सुरुमा ब्याटिङ गरेको गुजरातका लागि कप्तान शुभमन गिलको सानदार प्रदर्शन गरे पनि त्यो जितका लागि पर्याप्त भएन। गिलको अर्धशतमा गुजरातले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १९९ रन बनाएको थियो। कप्तान गिलले नटआउट सर्वाधिक ८९ रन बनाए। ४८ बल खेलेका उनले ६ चौका र ४ छक्का प्रहार गरेका थिए।