Trending :
 

न्याय परिषदद्वारा उच्च र जिल्ला अदालतका चार न्यायाधीशको सरुवा

चैत्र २३,२०८०

-आस्था न्यूज

चैत २३, २०८० काठमाडौं । 
न्याय परिषद्ले जिल्ला र उच्च अदालतका चार जना न्यायाधीशको सरुवा गरेको छ। बिहीबार बसेको न्याय परिषद् बैठकले मकवानपुर जिल्ला अदालतका न्यायाधीश श्रीप्रसाद सञ्जेललाई जिल्ला अदालत भक्तपुरमा सरुवा गरेको छ।
 
त्यस्तै जिल्ला अदालत रौतहटकी न्यायाधीश पूर्णिमा कोइरालाको जिल्ला अदालत मकवानपुरमा सरुवा भएको छ।
 
बिहीबारको बैठकबाट उच्च अदालतका २ न्यायाधीशको पनि सरुवा भएको छ। उच्च अदालत विराटनगर, धनकुटा इजलासका न्यायाधीश रत्नबहादुर बागचन्दको उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्ज सरुवा भएको छ।