Trending :
 

नगरपालिकाकै मिलेमतोमा तारकेश्वरमा गुठीको जग्गा हिनामिना

चैत्र २३,२०८०

-आस्था न्यूज

चैत २३, २०८० काठमाडौं । 
तारकेश्वर नगरपालिका र गुठियारको मिलेमतोमा सार्वजनिक शैक्षिक गुठीको नाममा रहेको ६ आना जग्गा हिनामिना भएको छ । नगरपालिकामातहतको न्यायिक समितिले तारकेश्वर नगरपालिका-८ स्थित ‘दालेकी शैक्षिक सार्वजनिक गुठी’को जग्गा सँधियार नारायण श्रेष्ठको नाममा पास गर्न सिफारिस गरेपछि हिनामिना भएको हो । 
 
नगर प्रमुख कृष्णहरि महर्जनको रोहवरमा समिति प्रमुख तथा उपमेयर  सिर्जना बुर्लाकोटी अर्यालको अध्यक्षतामा ३ फागुनमा बसेको बैठकले शैक्षिक गुठीको जग्गा श्रेष्ठको नाममा नामसारी गर्न सिफारिस गरेको थियो ।
 
चलखेलका लागि गरिएको नगरपालिकाको सिफारिसपछि श्रेष्ठको नाममा भएको कित्ता नं. १२४४ को व्यक्तिगत जग्गा सरेर कित्ता नं. २७१ र ९९५ मा पुग्यो । जसमध्ये कित्ता नं. २७१ को जग्गा दालेकी गुठीको हो । यो कित्ताको २ आना जग्गा मिचिएर श्रेष्ठको नाममा पुगेको छ । समितिले सट्टापट्टा गर्न आदेश दिएपछि उक्त दुई आना जग्गा श्रेष्ठको नाममा गएको हो । आजको नयाँ पत्रिकामा खबर छ ।