Trending :
 

अब काठमाडौं महानगरभित्रका विद्यालयले पोशाक र स्टेशनरी बिक्री गर्न नपाउने

चैत्र २३,२०८०

-आस्था न्यूज

चैत २३, २०८० काठमाडौं।
 
काठमाडौं महानगरपालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयले पोशाक र स्टेशनरी बिक्री गर्न नपाउने भएका छन् ।
 
महानगरपालिका अन्तर्गतको शिक्षा विभागले विद्यालयहरुलाई परिपत्र गर्दै प्रचलित कानुन विपरीत नगर्न सचेत गराएको छ ।
 
शैक्षिक वर्ष २०८१ का लागि प्रयोग गर्ने पाठ्यपुस्तक, पोशाक तथा स्टेशनरी विद्यालयबाटै विक्री गर्न र किन्न बाध्य बनाउन नपाउने शिक्षा विभागकी निमित्त विभागीय प्रमुख सरस्वती पोखरेलले जारी गरेको परिपत्रमा उल्लेख छ ।
 
उक्त परिपत्र अनुसार अब सामुदायिक विद्यालयहरुले पाठ्यक्रम विकास केन्द्रले तयार पारेका पाठ्यपुस्तक मात्र प्रयोग गर्न पाउनेछन् । अंग्रेजी माध्यमका पाठ्यपुस्तक प्रयोग गर्नु परेमा केन्द्रले अनुवाद गरेर प्रकाशन गरेका वा सूचीकृत भएका मात्र प्रयोग गर्नुपर्नेछ । यसवाहेकका पाठ्यपुस्तकका लागि महानगरपालिकाले भुक्तानी गर्दैन ।
 
संस्थागत विद्यालयले पनि पाठ्यक्रम विकास केन्द्रले सूचीकृत गरेका पाठ्यसामग्री मात्र प्रयोग गर्न गराउनु पर्नेछ ।