Trending :
 

उपनिर्वाचनका लागि १० हजार ८९२ मतदान स्थल तोकिए

चैत्र २३,२०८०

-आस्था न्यूज

चैत २३, २०८० काठमाडौं।
 
निर्वाचन आयोगले इलाम-२को प्रतिनिधिसभा र बझाङ-१को प्रदेश सभामा हुने उपनिर्वाचनका लागि मतदानस्थल तोकेको छ ।
 
आयोगले अनुसार देशभर  १० हजार ८९२ मतदान स्थल तोकेको हो ।
 
निर्वाचन आयोगको बिहीबार बसेको बैठकले मतदान स्थल र मतदान केन्द्रहरुलाई अन्तिम रुप दिएको हो ।
 
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार इलाम(२ मा ७९ मतदान स्थल र १४९ मतदान केन्द्र रहेका छन् भने बझाङ(१ को प्रदेशसभा निर्वाचन क्षेत्रमा ७४ मतदान स्थल र ९३ मतदान केन्द्र तोकिएको छ ।