Trending :
 

हत्या अभियोगमा माओवादी नेता कालीबहादुर खामलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

चैत्र २३,२०८०

-आस्था न्यूज

चैत २३, २०८० काठमाडौं।
कोटेश्वरका व्यापारी रामहरी श्रेष्ठको हत्याको अभियोगमा पक्राउ परेका पूर्व लडाकु कमाण्डर कालीबहादुर खामलाई पुर्पक्षका लागि थुनामा पठाउन चितवन जिल्ला अदालतले आदेश दिएको छ ।
 
जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासले खामलाई पूर्पक्षमा थुनामा पठाउन आदेश दिएको हो ।
 
१५ वर्षदेखि फरार रहेका खामलाई प्रहरीले मंगलबार काठमाडौंको ठमेलबाट पक्राउ गरेको थियो ।उनलाई बुधबार विहान चितवन ल्याइएको थियो ।