Trending :
 

सडक बत्तीको बक्यौता नतिरेका स्थानीय तहको जुनसुकै बेला बिजुली काटिने चेतावनी

चैत्र २३,२०८०

-आस्था न्यूज

चैत २३, २०८० काठमाडौं।
नेपाल विद्युत् प्राधिकरणले सडक बत्ती बालेबापत बक्यौता नतिरेका स्थानीय तहको जुनसुकै बेला बिजुली काटिने चेतावनी दिएको छ ।
 
यसबाट सर्वसाधारणमा पर्ने असरप्रति प्राधिकरणले क्षमा समेत मागेको छ । सडक बत्तीको व्यवस्थित उपयोग र सो को महसुल भुक्तानी गर्ने सम्बन्धमा प्राधिकरणले १६ चैतमा एक सूचना प्रकाशित गरेको थियो । जसमा महसुल बुझाउन स्थानीय तहहरूलाई अनुरोध गरिएको थियो ।
 
केही तहले महसुल बुझाएको भए पनि कतिपय स्थानीय तहबाट बक्यौता नआएको भन्दै प्राधिकरणले शुक्रबार यस्तो चेतावनी दिएको हो ।
 
प्राधिकरणका अनुसार केही स्थानीय तहले भने रितपूर्वक ग्राहक बनेर सडक बत्तीको बक्यौता महसुल समर्थन गरी भुक्तानीको प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।