Trending :
 

शरणार्थी र वाइडबडी खरिद प्रकरणमा भष्ट्राचार गर्ने कोही छुट्ने छैनन्ः प्रधानमन्त्री

चैत्र २३,२०८०

-आस्था न्यूज

चैत २३, २०८० काठमाडौं।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  भ्रष्टाचार काण्डमा  आफ्नो कार्यकालमा कसैलाई पनि नछोड्ने दावी गरेका छन् । आफ्नो निर्वाच क्षेत्र गोरखा पुगेका प्रधानमन्त्री प्रचण्डले यस्तो दावी गरेका हुन् । गोरखा नै पुगेर डा बाबुराम भट्टराईले भने प्रचण्डले संसदबाट राजिनामा दिनुपर्ने वताएका थिए ।  
 
“शरणार्थी काण्डदेखि वाइडबडी प्रकरणसम्म आइपुग्दा भ्रष्ट्राचार गर्ने कोही पनि छुट्ने छैनन्, सुशासनको सरकारको काम अगाडि बढ्छ ” प्रधानमन्त्री प्रचण्डले भने । त्यस्तै  बुढीगण्डकी जलविद्युत आयोजना चाँडै शिलान्यास गर्नेगरी काम गर्न आफूले सम्बन्धित निकायलाई निर्देशन दिएको बताएका छन् । 
 
जिल्लाका स्थानीय पत्रकारसँगको संक्षिप्त छलफलमा प्रधानमन्त्री प्रचण्डले बुढीगण्डकी जलासयुक्त आयोजनासँग सम्बन्धित निकायलाई तीब्ररूपमा आयोजनाका कामलाई अगाडि बढाउन निर्देशन दिएको जानकारी दिए ।   
 
जिल्लाको विकास निर्माणमा आफूले विशेष ध्यान दिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भौतिक पूर्वाधार एवं पार्क निर्माणका लागि पनि आफूले बजेट व्यवस्था गर्ने बताउदै उनले यस्तो निर्देशन दिएको बताएका हुन् ।  
 
“गोरखा जिल्लाको जनप्रतिनिधिको हैसियतले गोरखाको सडक पूर्वाधारमा मेरो ध्यान जानेछ”, प्रधानमन्त्री प्रचण्डले भने  “जलविद्युत, जडीबुटी र एवं अन्य पूर्वाधार क्षेत्रमा विशेष ध्यान दिनेछु यो पटक जनताले बुझ्नेगरी बजेट बिनियोजन हुनेछ ।” सरकारले सुशासन र सामाजिक न्यायमा विशेष ध्यान दिएको उल्लेख गर्दै उहाँले यसबीचमा सरकारले महत्त्वपूण काम गरेको स्पष्ट पारे ।